Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

Spelers_beleven_https_thelolajackcasinos_nl_in_passie_en_rust

Spelers beleven https://thelolajackcasinos.nl in passie en rustDe Aantrekkingskracht van Online Casino'sDe Rol van Technologie in Online Casino'sHet Belang van Betrouwbaarheid en LicentiesMethoden voor Veilige...
Homeएक्सक्लुसिभखाली खुट्टा भागेर ज्यान बचाएका गोसाइँकुण्डवासी : अझै आएन सरकारी सहयोग

खाली खुट्टा भागेर ज्यान बचाएका गोसाइँकुण्डवासी : अझै आएन सरकारी सहयोग

काठमाण्डाै – एउटा हाफपेन्ट, एउटा टी–शर्ट र खाली खुट्टा । यस्तै अवस्थामा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का स्थानीयवासीले बुधवारको बाढीबाट भाग्दै ज्यान जोगाए । घरबारी र सरसामानसँगै धेरैका आफन्त बाढीमा हराए । बाढीबाट जोगिएका सबैको अहिले एउटै आश्रयस्थल बनेको छ नामग्याल चोकको यल्लो गुम्बा जहाँ अहिले २०० भन्दा धेरै पीडित एकसाथ बसिरहेका छन् ।

विपद‍्मा परेर वडाभित्रै १४५ जना बेपत्ता छन् । ६–७ जना अझै उद्धारको पर्खाइमा छन् । यो सम्पूर्ण उद्धार र व्यवस्थापन कार्य स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नै भइरहेको छ । अन्य कुनै टोली वा सामग्री आइपुगेको छैन ।

अहिले स्थानीयस्तरमै एउटा समिति गठन गरेर व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । तर यो प्रयास सजिलो छैन । बाहिरबाट विभिन्न सङ्घ–संस्थाहरूले पठाएको राहत सामग्रीले मात्र गुजारा चलिरहेको छ । केन्द्र सरकारबाट अझै कुनै सहयोग आएको छैन । ‘ज्यान गुमाएकाहरूको पूर्ण विवरण तयार पारेर पठाउनू’ भन्ने पालिका र प्रशासनको लगातार अनुरोध छ । पुरुष, महिला र बालबालिका छुट्याएर जिल्ला प्रशासनमा पठाउने काम पनि हुन सकेको छैन ।

गुम्बामा रहेकाले अहिलेलाई बिहान चिया–बिस्कुट, दाल–भात र तरकारी खाने हो । तर यो व्यवस्था धेरै दिन धान्ने अवस्थामा छैन । अहिलेसम्म आएको १५० बोरा जति खाद्यसामग्रीले धेरैमा ७–८ दिनसम्म मात्र धान्न सक्छ ।