Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

Spelers_beleven_https_thelolajackcasinos_nl_in_passie_en_rust

Spelers beleven https://thelolajackcasinos.nl in passie en rustDe Aantrekkingskracht van Online Casino'sDe Rol van Technologie in Online Casino'sHet Belang van Betrouwbaarheid en LicentiesMethoden voor Veilige...
Homeएक्सक्लुसिभपुनर्निर्माणको कार्यढाँचा ३ दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

पुनर्निर्माणको कार्यढाँचा ३ दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

काठमाण्डाै – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि ३ दिनभित्र कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिनुभएको हो ।

नयाँ संरचना खडा गर्दा समय लाग्ने भएकाले अहिलेकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुनर्निर्माण प्राधिकरणजस्तै शक्तिशाली र प्रभावकारी ढङ्गले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री लम्सालले विपद्को समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद् व्यवस्थापन प्राधिकरण स्वतः क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो ।

उहाँले योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनुभएको छ ।