Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

Spelers_beleven_https_thelolajackcasinos_nl_in_passie_en_rust

Spelers beleven https://thelolajackcasinos.nl in passie en rustDe Aantrekkingskracht van Online Casino'sDe Rol van Technologie in Online Casino'sHet Belang van Betrouwbaarheid en LicentiesMethoden voor Veilige...
Homeएक्सक्लुसिभनिरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन समस्या

निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन समस्या

निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन समस्या भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका-३ को घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ । 

गएको भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । मुख्य सडकमार्ग बाढीले बगाउँदा वैकल्पिक सडकबाट सवारीसाधन गुडिरहेका छन् ।

बाढी र पहिरोले कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ । सडक अवरोध र प्रतिकूल मौसमका कारण उद्धार कार्य समेत प्रभावित बनेको छ ।