काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाहरूमा फसेका व्यक्तिहरूको सन्दर्भमा अझै आशा नमारेको बताएका छन्।
उनले उद्धारका लागि सुरुङको माथिबाट पनि खनेर केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी गराएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा रसुवा बाढीबारे जानकारी गराउने क्रममा उनले सरकारले प्रयास गरिराखेको प्रतिक्रिया दिए।
‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ,’ उनले भने।
उनले अझै आशा नमारेको भन्दै माथिबाट पनि छिर्न सकिन्छ कि भनेर सुरक्षा संयन्त्रले काम गरिरहेको जानकारी दिए। ‘उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लाएको छ’, गृहमन्त्री गुरुङले भने।
